खरसाङमा 40 नाघेका महिलाहरू र 50 वर्ष नाघेका पुरूषहरूमाझ भिन्ना-भिन्नै वर्गमा म्याराथनको आयोजना

खरसाङ (निसं) : खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको आयोजनामा आज खरसाङमा मिनी म्याराथनको आयोजना गरियो। उक्त म्याराथन अन्तर्गत 40 वर्षदेखि माथिका महिलाहरू र 50 वर्ष माथिका पुरूषहरूलाई लिएर आयोजना गरिएको थियो। उक्त म्याराथन खरसाङको बस टर्मिनलदेखि टुरिस्ट लज हुँदै कप्तान सुरज शर्मा पथ भएर चाँदमारी खेल मैदानमा पुगेर समापन गरिएको थियो। उक्त म्याराथनमा महिलावर्गमा चिमनी देवराली निवासी लैला रुम्बा प्रथम, गोथल्स साईडिङ निवासी लक्ष्मी राई दोस्रो र डुमाराम बस्ती निवासी रिता तामाङ तेस्रो भइन्।


त्यसरी नै पुरूष वर्गमा मकैबारी निवासी किसान राई प्रथम, भानुटोल खरसाङ निवासी वाङ्दी लामा दोस्रो र मजुवा चैतेपानी निवासी 60 वर्ष नाघेका वरिष्ठ नागरिक वीरबहादुर तामाङ तेस्रो भए। उक्त मिनी म्याराथनमा पहिलो, दोस्रो र तेस्रो भएका प्रतियोगीहरूलाई अतिथिहरूको बाहुलीबाट ट्रफी प्रदान गरियो। उक्त म्याराथन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *