खरसाङमा आँखा जाँच शिविरको आयोजना

खरसाङ : खरसाङ नगरपालिकाको पहलमा आज नि:शुल्क आँखा जाँच तथा मोती बिन्दु जाँच शिविरको आयोजना गरियो। खरसाङ नगरपालिकाको सेन्टेनेरी भवनमा सम्पन्न उक्त आँखा जाँच शिविरमा 30 जना पुरुष र 47 महिला गरेर मोठ 77 जनाले आँखा जाँच गराए। उक्त शिविरमा आँखा रोग विशेषज्ञ डा. पेकिला लामा र डा. सी सिकदार उपस्थित थिए। खरसाङ नगरपालिकाले उक्त आँखा जाँच शिविर बाघडुग्रा भिजन आई केयर क्लिनिकको सहयोगमा सम्पन्न गरेको खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *