खरसाङमा अनुसूचित जातिको सभा सम्पन्न

खरसाङ: खरसाङको गोर्खा जनपुस्तकालय भवनमा अनुसूचित जातिको सभा कुलमान गजमेरको अध्यक्षतामा सम्पन्न भयो। सभामा अनुसूचित जातिका सबै संघ संस्थाहरूबाट प्रतिनिधिहरू उपस्थित थिए। सभामा एससी स्टेट्स अनि एसटी स्टेट्स विषयमा चर्चा परिचर्चा गरियो। भविष्यमा हुने कुनै पनि व्यवस्थामा अनुसूचित जातिको सुरक्षा हेतु धेरै विषयहरूमा चर्चा गर्दै यी विषयमा सरकारलाई पनि पत्रचार गरिने भएको छ। सभाको निर्णय अनुसार अनुसूचित जातिलाई एक मुष्ठमा बाँध्नलाई संयुक्त गोर्खा अनुसूचित जाति मञ्चको गठन गरी प्रत्येक क्षेत्र दार्जिलिङ, खरसाङ, कालेबुङ, मिरिक, सिलगढी, बिजनबारी, पोख्रेबुङ, क्षेत्रबाट को-अर्डिनेटर चयन गरियो। आगामी सभा 14 नोभेम्बरको दिन मिरिकमा गरिने र उक्त सभामा अनुसूचित जातिको जनसभा गरिने विषयमा पनि सभामा निर्णय लिएको खरसाङको नव नियुक्त संयोजक राकेश सिंहले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *