खरसाङमा अपरान्ह खुद्रा दोकानहरू खोलिए तापनि ग्राहकहरूको कमी

खरसाङ : कोरोना भाइरसको महामारीबीच दोस्रो लहरको कारणले पश्चिम बंगाल सरकारले 1 जूनदेखि 15 जुनसम्म दोस्रो चरणको लक डाउन चलिरहेको छ। यस दोस्रो लक डाउनको समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म खुद्रा व्यापारिक प्रतिष्ठानहरू खोल्ने छुटपछि खरसाङ बजारमा पनि दोकान पाटहरू खोल्ने गरिएको छ। बिहान 7 देखि 10 बजेसम्म र दिउँसो 12 देखि 3 बजेसम्म खुद्रा दोकानहरू खुल्ला रहेको देखियो। तर दोकान पाटहरू खुल्लै रहे तापनि ग्राहकहरू भने पहिलाको जस्तो पूरा देखिएन। खरसाङ बजारको प्राय: सबै दोकान पाटहरू तीन घण्टाको लागि खुल्लै रहे पनि ग्राहकहरूको कमी देखिएको छ। गाउँ बस्तीका मानिसहरूलाई लक डाउनको छुट विषयमा विशेष जानकारी नभएको साथै कोरोना महामारीको डरले हाल मानिसहरू बजारमा कमै देखिएको छ। लक डाउनको छुट विषयमा जानकारी हुनेहरूले भने बजारमा सौदापातहरू गर्दै आइरहेको भए तापनि कतिपय दोकानेहरू आफ्नो दोकान बाहिर बसेर ग्राहकहरूको प्रतिक्षा गरिरहेको पनि आज देखियो। लक डाउनको छुटको समय पनि खरसाङका कतिपय खुद्रा दोकानहरू बन्द नै रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *