खरसाङमा भाजपा-को पार्टी कार्यालय उद्घाटन

खरसाङ (निसं): भारतीय जनता पार्टीको नयाँ कार्यालयको आज खरसाङमा उदघाटन गरियो। उक्त कार्यालयको उदघाटन भाजपा दार्जिलिङ जिल्ला उप-सभापति राजेन मुखियाको बाहुलीबाट नरियल फुटाए पछि जिल्ला सचिव सोनाम लामाको बाहुलीबाट रिबन काटेर उदघाटन गरिएको छ। उक्त नयाँ कार्यालय उदघाटन कार्यक्रममा भाजपाको दार्जिलिङ जिल्ला सभापति कल्याण देवान, जिल्ला उप सभापति राजेन मुखिया, जिल्ला सचिव सेनाम लामा, खरसाङ विधान सभा क्षेत्रका ईन्चार्च दया देवान, जिल्ला सदस्य आरबी लामा, युवा मोर्चा जिल्ला सभापति बिनय प्रसाद लगायत अन्यहरू उपस्थित रहेका थिए। खरसाङमा नयाँ कार्यालय उघाटन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भाजपा दार्जिलिङ जिल्ला सभापति कल्याण देवान र जिल्ला सचिव सोनाम लामाले विस्तृत रूपमा बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *