खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा सम्पन्न

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा घुम्ती चियाबारीको आदर्श श्रमिक कल्याण भवनमा नारी शक्ति तीनधारे महानदी समष्टिका सभापति निरा प्रधानको अध्यक्षतामा आज सम्पन्न भयो। उक्त सभामा भागोप्रमो खरसाङ महकुमा समितिका सांगठनिक सचिव एवम् तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, समष्टि उपाध्यक्ष राजु लामा लगायत नारी शक्ति, युवा शक्ति, विभिन्न बुथहरूका सभापति, सचिवहरू एवम् अन्य उपस्थित थिए।


यसै सभामा भागोप्रमोको महानदी ग्राम पञ्चायत स्तरीय कमिटी गठन गरियो। उक्त कमिटीमा संयोजकको रूपमा श्यामकुमार खवास, सह संयोजकहरूमा मिलन तामाङ, राजीव तामाङ, प्रेमकुमार विश्वकर्म, सुचन तामाङ, महेन्द्र छेत्री, राजेन प्रधान, प्रचार प्रसारमा विशन सेवा, पासाङ शेर्पा, सुशिल गुरूङ, कोषाध्यक्षमा टंकप्रसाद शर्मा लगायत सल्लाहकारहरू र कार्यकारी सदस्यहरू लगाएर मोठ 80 जनाको कमिटी गठन गरियो। सभापछि भागोप्रमो तीनधारे महानदी समष्टीका सांगठनिक सचिव उत्तम छेत्रीले विस्तृत रूपमा बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *