खरसाङमा भारतीय भूतपूर्व सैनिक संगठनको सभा सम्पन्न

खरसाङ : भारतीय भूतपूर्व सैनिक संगठनको औपचारिक रूपमा कार्यकारी सदस्यहरूको सभा मेजर डीके गुरुङको अध्यक्षतामा  आज खरसाङमा सम्पन्न भयो। सभामा आगामी दिनमा हुने आम सभा विषयमा छलफल गरिएको छ। सभाको निर्णय अनुसार संगठनको आम सभा  24 अप्रेलमा नभएर 27 अप्रेल 2022 को दिन हुने भएको छ। आजको सभामा मार्गरेट्स होप बीच गाउँबाट सात जना नयाँ सदस्यहरूले सदस्यता ग्रहण गरे। यसको साथै रक्षा मन्त्रालयबाट रक्षा पेन्शनको मञ्जुरी र वितरणको लागि वेब आधारित एकीकृत प्रणाली लागु गरेको विषयमा जानकारी गराइयो भने नयाँ कार्यकारी सदस्यहरूको चुनाउ विषय आम सभामा गरिने सर्वसहमतिले पारित गरेको जानकारी सचिव पुरण थापाले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *