खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्तिको सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्तिको अध्यक्ष छिरिङ लामा दाहालको सभापतित्वमा आज खरसाङस्थित टाउन हलमा केन्द्रीय सदस्यहरूलाई लिएर एउटा सभा सम्पन्न भयो। आजको सभामा आगामी 22 सेप्टेम्बरमा आयोजना गरिने नारी शक्तिको सभाको तयारीलाई लिएर चर्चा-परिचर्चा गरिएको छिरिङ दाहालले बताइन्। भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्तिको हाल पूर्णाङ्क समिति बनेको छैनआगामी 22  सेप्टेम्बरको दिन नारी शक्ति खरसाङको नयाँ बजारस्थित टाउन हलमा सभा सम्पन्न हुनेछ र त्यहीँ सभामा पार्टीका अध्यक्ष अनित थापाको उपस्थितिमा सम्पूर्ण समिति अर्थात् जिल्ला, महकुमा समितिको कार्यकारिणी सदस्यहरूको चयन हुनेछ भनी छिरिङ दाहालले बताइन्। आजको सभामा केन्द्रीय समितिका आशा मुखिया लामाप्रतिभा कुमाई, बिनिता खम्बु राई, प्रतिभा राई, उषा किरण तामाङ, तारा लोहार लेप्चा, मैया ठकुरीचन्द्रकला राई, विद्या सिंह आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *