खरसाङमा चुनाउबारे सीपीआईएम-को सभा

खरसाङ : भारतीय कम्युनिस्ट पार्टी (सीपीआईएम)-ले आज खरसाङमा एउटा सभा गरेर आगामी विधानसभा चुनाउमा आफ्नो प्रार्थी दिने विषयमा चर्चा परिचर्चा गर्यो। पार्टीले आज खरसाङ क्षेत्रका पार्टी कार्यकर्ताहरू र स्थानीय जनताहरूसित पनि भेटघाट गर्यो। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै माकपाका खरसाङ सचिव उत्तम शर्माले आगामी विधानसभा चुनाउमा पार्टीले खरसाङ समष्टिको लागि आफ्नै प्रार्थी दिने निर्णय लिएको बताए तापनि प्रार्थी को हुने हो भन्ने विषयमा केही भन्न चाहेनन्। तिनले पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिँदै पार्टीले खरसाङ समष्टिको प्रार्थीको नाम चाँडै घोषणा गर्ने बताए। शर्माले पहाड़को आसनहरूमा आफ्नो पार्टीको सिद्धान्त र नीतिलाई बुझेर अघि आउने अथवा हामीले सोचेको जस्तो भए कुनै पनि पार्टीलाई चुनाउमा समर्थन गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *