खरसाङमा कङ्ग्रेसको साङ्गठनिक सभा साथै पार्टी कार्यकर्ताहरुसित भेटघाट गर्ने कार्यक्रम सम्पन्न

खरसाङ : कङ्ग्रेसको साङ्गठनिक सभा अनि पार्टी कार्यकर्ताहरुसित भेटघाट गर्ने कार्यक्रम आज खरसाङको पार्टी कार्यालयमा सम्पन्न गरियो। उक्त सभा दार्जिलिङ जिल्ला कङ्ग्रेसको सभापति एवम् पूर्व विधायक शंकर मालाकरको अध्यक्षतामा सम्पन्न भयो। गत दुई वर्ष कोरोना महामारीले पार्टी कार्यकर्ताहरुसित भेटघाट नभएको साथै पार्टीलाई पहाड़मा अब सक्रिय र मजबुद बनाएर लैजाने उद्देश्यले आजको सभा गरिएको बताइएको छ। आजको सभामा पहिलाबाट चयन गरिएको दार्जिलिङ जिल्ला कङ्ग्रेसका कार्यकारी सभापतिको पदमा सरोज खत्री रहेको बारे घोषणा गरियो। यसको साथै आजको सभामा पार्टीको साङ्गठनिक गतिविधि तथा आगामी दिनमा पार्टीलाई साङ्गठनिक रुपमा अघि लिएर जाने विषयमा चर्चा-परिचर्चा गरियो। सभामा चर्चा गरे अनुसार आगामी खरसाङ नगरपालिकाको चुनाउमा कङ्ग्रेस पार्टीले पनि प्रार्थीहरू दिने विषयमा चर्चा गरिएको छ अनि आगामी चुनाव लड़्ने भएको छ। सभामा पार्टीको पुराना सदस्यहरू उपस्थित थिए भने केही नयाँ सदस्यहरूलाई पनि पार्टीको सदस्यता प्रदान गरियो।


सभामा दार्जिलिङ जिल्ला अध्यक्ष शंकर मलाकार लगायत जिल्ला कार्यकारी सभापति सरोज खत्री, जिल्ला महासिचव अविराज सुब्बा, खरसाङ बजारको सभापति लोरेन्ज, पूर्व खरसाङ ब्लक सभापति लायकराम गुप्ता, जिल्ला युवा सभापति रोहित तिवारी, एलेम्बी कङ्ग्रेस सभापति अब्दुल मजिद अली, नक्सलबारी ब्लकको सभापति अमिताभ सरकार साथै महिला कङ्ग्रेसका प्रतिनिधिहरु र पार्टी कार्यकर्ताहरु उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङ जिल्ला कङ्ग्रेस सभापति तथा पूर्व विधायक शंकर मालाकरले आज खरसाङमा पार्टीको कार्यकर्ताहरुसित भेटघाट साथै दार्जिलिङ जिल्ला कङ्ग्रेसको कार्यकारी सभापतिको रुपमा सरोज खत्रीलाई राखिएको विषयमा घोषणा गर्नु रहेको बताए। तिनले अब पहाड़मा पनि कङ्ग्रेस पार्टीलाई नयाँ तरिकाले युवाहरूलाई समावेश गरेर अघि बढ़ने बताएका छन् । मालाकारले पहाड़मा भाजपा, तृणमूल, गोजमुमो र अरु कसैलाई पनि विस्वाश गर्दैन कारण गोर्खाल्याण्डको नाममा सबैले जनतालाई धोका दिएको छ, त्यसैले दार्जिलिङ नगरपालिका चुनाउमा एक महिनाको पार्टी हाम्रो पार्टीलाई जनताले जनाधर दिएको छ र यसबाट यो प्रमाणित हुन्छ कि जनताले राजनैतिक पार्टीहरूको मुद्दा बुझेको छ भनी बताएका छन्। तिनले पहाड़लाई जीटीए दिने, दागोपाप दिने र नेपाली भाषा मान्यता दिने पनि कङ्ग्रेस पार्टी नै हो तर भाजपाले अहिलेसम्म के दियो भनी प्रश्न गर्दै भाजपाको चारवटा एमपी भएर पनि केही दिन नसकेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *