खरसाङमा डा. एके बारूईलाई संवर्द्धना

खरसाङ: खरसाङमा आज डा. एके बारूईलाई संवर्द्धना जनाइयो। उक्त सम्मान खरसाङको सामाजिक कार्यकर्ता एवम् सेन्टरल ब्याङ्कको अवकाशप्राप्त सहायक म्यानेजर दिलिप कुमार बाकची र तिनको सामाजिक कार्यमा सहयोगी गुञ्ज एनजीओको तर्फबाट डा. एके बारूईलाई खरसाङस्थित तिनकै च्याम्बरमा संवर्द्धना जनाइयो। यस अवसरमा दिलिप कुमार बाकची र तिनको सहयोगीहरूले खदार्पणसहित फुलगुच्छा, शल ओढ़ाएर संवर्द्धना जनाइयो। संवर्द्धना जनाएपछि पत्रकारहरूसित कुराकानी गर्दै सामाजिक कार्यकर्ता एवम् सेन्टरल ब्याङ्कको अवकाशप्राप्त सहायक म्यानेजर दिलिप कुमार बाकचीले खरसाङका जनतालाई लामो समयसम्म सेवा प्रदान गरेका डा. एके बारूईलाई आज हामीले संवर्द्धना जनाएको बताए। यस अवसरमा डा. एके बारूईले पनि दिलिप कुमार बाकची र तिनको टिमलाई धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *