खरसाङमा दुईदिने क्यारम बोर्ड प्रतियोगिताको समापन

खरसाङ (निसं) : खरसाड महकुमा अन्तर्गत खरसाड चिम्ली देवराली समष्टिको वार्ड नम्बर 6 7 को भागोप्रमो-को युवा शक्तिद्वारा क्षेत्रीय सभासद श्याम शेर्पाको पहलमा दुई दिनव्यापी खुल्ला क्यारम बोर्ड प्रतियोगिताको फाइनल खेल खरसाङको शेर्पा बस्तीस्थित शेर्पा गुम्बाको हलमा सम्पन्न भयो। यस प्रतियोगितामा निर्णायकको रूपमा खरसाङ गोर्खा पार्वत्य खेलकुद सङ्घका सदस्य मोहन राई र फूर्बा तामङ थिए। गत शनिबारदेखि शुरु भएको दुई दिवसीय क्यारम बोर्ड प्रतियोगिताको फाइनल खेल हिज डबल खेलमा महेश थापा र मणि तामङले कर्म शेर्पा र सुनिल लामालाई पराजित गरे।


यसैगरी, एकल (सिंगल) खेलमा ललित सेवाले महेश थापालाई परास्त गरेर च्याम्पियन बने। प्रतियोगितामा अंश ग्रहण गर्ने एवं निर्णायकहरूलाई ट्रफी अनि स्मृति चिन्ह प्रदान गरियो। यस फाइनल खेलमा खरसाङ चिम्नी देवराली समष्टीको सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान तथा जीटीएको जनसम्पर्क अधिकारी सुवास प्रधान, उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *