खरसाङमा ‘द्वारे सरकार’ प्रकल्प शिविर

खरसाङ: पश्चिम बंगाल सरकारको द्वारे सरकारप्रकल्प अन्तर्गत दोस्रो चरणको प्रथम दिनको शिविर स्थानीय खरसाङ नगरपालिका अधिनस्थ रहेको मल्टी पर्पोर्स हलमा सम्पन्न भयो । भोलि दोस्रो क्याम्प राखिने भए तापनि सरकारद्वारा खरसाङ महकुमा क्षेत्रका विभिन्न चालकहरू र हकर्सहरूका लागि आगामी 18 दिसम्बरको दिन एउटा विशेष शिविरको आयोजना गरिने भएको छ। आज खरसाङमा पत्रकारहरूसित बोल्दै खरसाङ महकुमा अधिकारी आईएएस अभिषेक चौरासियाले 18 दिसम्बरको दिन चालकहरू र हकर्सहरूका लागि विशेष रुपमा द्वारे सरकारअन्तर्गत क्याम्प आयोजना गरिने बताएका छन्। तिनले द्वारे सरकार पश्चिम बंगाल सरकारको एक विशेष पहल अनुसार विभिन्न सरकारी प्रकल्पहरू जनताको घर दैलोमा पुऱ्याउने योजना हो र सरकारको विभिन्न योजनाहरू र प्रकल्पहरूलाई जनताले उपभोग गरोस् भनेर यो अभियान सरकारबाट आयोजना गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *