खरसाङमा आँगनबारीका अवकाशप्राप्त 3 जना कर्मचारीलाई संवर्द्धना

खरसाङ (निसं) : खरसाङको सुबेदार बस्तीस्थित सार्वजनिक भवनमा पश्चिम बंगाल आँगनबारी कर्मी सहायिका कल्याण समितिको एउटा सभा सम्पन्न भयो। जुलियाना लामाको अध्यक्षतामा सम्पन्न उक्त सभालाई हिमा खवासले सञ्चालन गरेकी थिइन्।


उक्त सभामा संगठनका तीनजना अवकाशप्राप्त कर्मचारीहरू क्रमैले महानदीका मधु सेवा, सन्त मरिज-2 का उमा शर्मा अनि घैयाबारी-1 का प्रतिमा छेत्रीलाई संवर्द्धना जनाइयो। उक्त कार्यक्रमबारे संगठनका सदस्या हिमा खवासले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *