खरसाङमा गर्ल्स फुटबल टुर्नामेन्टको तेस्रो दिन तीनवटा खेल सम्पन्न

खरसाङ : खरसाङ फुटबल एसोसिएसनको आयोजनामा सम्पन्न भइरहेको गर्ल्स फुटबल टुर्नामेन्टको तेस्रो दिन तीनवटा खेल सम्पन्न भयो। खरसाङको मन्टिभियट खेल मैदानमा सम्पन्न उक्त गर्ल्स फुटबल टुर्नामेन्टको आजको पहिलो खेल सिविटार बनाम तीनधारेमाझ सम्पन्न भयो जसमा तीनधारेले सिविटारलाई 11-0 गोलको अन्तरले पराजित गर्यो भने तीनधारेको सबनम राई  प्लेयर अफ् द म्याच भइन्। त्यसरी नै दोस्रो खेलमा सिटोङले सिङ्गेललाई 12-0 गोलको अन्तरले पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेको छ। यस खेलमा पाँच गोल गर्ने सिटोङकी स्वार्णिम छेत्री प्लेयर अफ् द म्याज चयन भइन्। आज सम्पन्न भएको तेस्रो तथा अन्तिम खेल नवदीप युथ क्लब सिविटार बनाम महारानी चियाबारीमाझ सम्पन्न भयो, जसमा 5-0 को अन्तरले जितेर नवदीप युथ क्लब सिविटार दोस्रो चरणमा प्रवेश गरेको छ भने अब नवदीप सिविटारको भिड़न्त सिटोङसित आगामी 14 सेप्टेम्बरको दिन हुने भएको छ। तेस्रो खेलमा पहिलो हाफमा तीन गोल गर्न सफल भए सिविटारका गर्ल्स टिम।


यसको शुरुवात 8 नम्बर जर्सीधारी खेलाडी अन्वेषा प्रधानले गरिन् भने दोस्रो गोल 11 नम्बर जर्सी लगाएकी सिविटारकी रोजा प्रधानले गरिन्। दोस्रो हाफको खेलमा रोजा प्रधानले व्यक्तिगत दोस्रो गोल गरेर टिमको मोठ 4 गोल बनाइन्। त्यसरी नै अन्त्यमा नवदीप सिविटारको तर्फबाट 2 नम्बर जर्सीधारी खेलाडी सुष्मिता प्रधानले गोल गरी जम्मा 5-0 को अन्तरले जितेर दोस्रो चरणमा प्रवेश गरेको छ। यस खेलमा सिविटारको रोजा प्रधान प्लेयर अफ् द म्याच चयन भइन्। आजको खेलको अन्तिम समयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा पनि उपस्थित थिए। तिनको बाहुलीबाट तेस्रो खेलमा प्लेयर अफ् द म्याच हुने रोजा प्रधानलाई ट्रफी प्रदान गरियो। आजको तीनैवटा खेलमा निर्णायकको रूपमा कर्ण सुनुवार, नवराज थापा, रञ्जित तामाङ, उज्जवल मोक्तान, भानु प्रकाश राई आदि थिए। आजको खेल विषयमा खरसाङ फुटबल एसोसिएशनको म्याच कमिश्नर रिचा छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै आजसम्म 12 वटा खेल भइसकेको र अब दोस्रो चरणको खेल हुने र फाइनल खेल आगामी 19 सेप्टेम्बरको दिन हुने पनि बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *