खरसाङमा गोजमुमो बिमलपन्थीका केही सदस्य भाजपामा सामेल

खरसाङ : खरसाङमा भारतीय जनता पार्टीको एउटा सभा भाजपा खरसाङ मण्डल अध्यक्ष मदन जोगी, महासचिव सन्दीप राउत, दार्जिलिङ जिल्ला युवा अध्यक्ष देवराज मगरको उपस्थितिमा आज सम्पन्न भयो। उक्त सभामा पार्टीको सांगठनिक गतिविधि, वर्तमान राज्य अनि पहाड़को राजनीति लगायत अन्य विषयमा चर्चा परिचर्चा गरियो। उक्त सभामा खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 2 र 4 बाट गोजमुमो बिमल खेमाका सदस्यहरू भाजपामा सामेल भए। भाजपामा सामेल हुनेहरूमा सचिव गोताल खाती, कोषाध्यक्ष दिलेश्वर पटेल, फिरोज पाख्रीन, राकेशसिंह, ईश्वर सुन्दास, अमित थापा लगायत अन्य रहेको खरसाङ मण्डल सचिव सन्दीप राउतले जानकारी दिएका छन्‌।


Leave a Reply

Your email address will not be published. Required fields are marked *