खरसाङमा गोजमुमो बिमलपन्थीको सांगठनिक सभा

खरसाङ : बिमलपन्थी गोर्खा जनमुक्ति मोर्चाको सांगठनिक सभा आज खरसाङको एउटा होटलमा सम्पन्न भयो। उक्त सभा गोजमुमो खरसाङ महकुमा समितिका सभापति प्रदीप मगरको अध्यक्षतामा सम्पन्न भयो। सभाको पहिलो चरणमा पार्टीको सांगठनिक गतिविधि र ढाँचागत विषयहरूलाई लिएर चर्चा गरियो भने दोस्रो चरणमा खरसाङका पुरानो पदाधिकारीहरू पुन: पार्टीमा सामेल भएका छन्। पार्टीको दोस्रो चरणमा पूर्व सभासद द्वय प्रभा छेत्री, योगेन्द्र राई, खरसाङ महकुमा समितिका पूर्व सचिव रोहित स्याङ्बोखरसाङ महकुमा समितिका पूर्व सभापति तिलक गुरूङ, ज्योति गुरुङ, सावित्री छेत्री, शकुन्तला लामा, शान्ता थापा, संजोग राणा आदि पुन: गोजमुमो बिमलपन्थीमा सामेल भएका छन्। उक्त सभालाई पूर्व सभासद प्रभा छेत्री, रोहित स्याङ्बो, वर्तमान नारी मोर्चाका खरसाङ महकुमा समितिका सभापति शान्ति राई, गोजमुमो केन्द्रीय उपाध्यक्ष विशाल छेत्रीले सम्बोधन गरेका थिए। सभालाई युवा मोर्चाका केन्दीय सदस्य विकास खवासले सञ्चालन गरेका थिए।

आज पार्टीमा पुन: सामेल हुने पदाधिकारीहरू गोजमुमो अध्यक्ष बिमल गुरुङलाई भेट्न कोलकोता पनि जाने जानकारी प्राप्त भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै युवा मोर्चाका खरसाङ महकुमा समितिका संयोजक सत्यम छेत्रीले आज खरसाङ महकुमा समितिद्वारा आठवटा समष्टिका प्रतिनिधिवर्गलाई लिएर सांगठनिक ढाँचालाई लिएर सभा सम्पन्न भएको बताए। तिनले आज गोजमुमोकै पुरानो पदाधिकारीहरू हाम्रो मुद्दालाई हेरेर पुन: पार्टीमा आएको र तिनीहरूको साथले पार्टी अझ मजबुत भएर जाने पनि बताए। सभामा गोजमुमो केन्द्रीय सह सचिव बिमल दर्जी, केन्द्रीय सदस्य शरण देवान, खरसाङ महकुमा प्रभारी दिपेन्द्र निरौला, प्रवक्ता दिपेन्द्र देवान, महकुमा महासचिव सुरज छेत्री, नारी मोर्चाको महकुमा सचिव अनु प्रधान, टाउन कमिटीका सभापति सोनाम लामा, सतिव विकास तिरूवा, नारी मोर्चाको केन्द्रीय सदस्या जशु रसाईली, युवा मोर्चाका केन्दीय सदस्य सुपेन्द्र प्रधान र विशिष्ट प्रधान लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes