खरसाङमा गोजमुमो-को 15औँ स्थापना दिवस पालन

खरसाङ: गोर्खा जनमुक्ति मोर्चाको 15औँ स्थापना दिवस खरसाङमा पनि पालन गरियो। खरसाङको गौरी शंकर चियाबारीस्थित सार्वजनिक भवनमा गोजमुमो खरसाङ महकुमा समितिको आयोजनामा पार्टीको स्थापना दिवस पालन गरियो। उक्त कार्यक्रम गोजमुमो खरसाङ महकुमा समितिका सभापति तिलक गुरुङको अध्यक्षतामा सम्पन्न भयो। पहिलो चरणमा गोजमुमो केन्द्रीय समितिका सांगठनिक सचिव एनए खानको बाहुलीबाट दीप प्रज्ज्वलन गरियो भने गोजमुमो केन्द्रीय सह सचिव बिमल दर्जीको बाहुलीबाट पार्टीको झन्डा उत्तोलन गरियो।


गोजमुमो खरसाङ महकुमा समितिका सह सचिव दिपेन्द्र देवान, सुजता गुरुङ लामा र नमिता गुरुङले सञ्चालन गरेको दोस्रो चरणको कार्यक्रममा स्वागत सम्भाषण महकुमा समितिका सचिव रोहित स्याङ्बोले राखे। कार्यक्रममा केन्द्रीय सह सचिव बिमल दर्जी, केन्द्रीय सांगठनिक सचिव एएन खान, टाउन कमिटीका प्रनिता प्रधान, डीटीडीपीएलयु खरसाङका संयोजक राजेन्द्र राजपूत, गिद्ध पहाड़का सभापति विवेक मोक्तान, युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति सत्यवान छेत्री, सुकना सिमलबारीका अध्यक्ष उत्तम छेत्री र खरसाङ-सोनादा महकुमा समितिका संयोजक सुरज छेत्री आदिले आ-आफ्नो वक्तव्य राखे। कार्यक्रममा नृत्य प्रस्तुति साथै कविताहरू पठन पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *