खरसाङ महाविद्यालयमा 207 औं भानु जयन्ती कार्यक्रम

खरसाङ : खरसाङ महाविद्यालयमा कवि भानुभक्तको 207 औं जन्म जयन्ती पालन गरियो। आदि कवि भानुभक्तको जन्म जयन्ती कार्यक्रममा कलेजका प्राचार्य डा. समीर बल, प्रा.गङ्गाप्रसाद भट्टराई, भौतिक विज्ञानका शोधार्थीहरू लगायत कलेज कार्यालयका समस्त कर्मचारीगण उपस्थित थिए। कुमुद थापाले सञ्चालन गरेको यस कार्यक्रममा प्राचार्य लगायत उपस्थित सबैले आदि कवि भानुभक्तको तस्वीर अघि धुप प्रज्ज्वलन गरेर माला-खादा चढ़ाएर श्रद्धाञ्जलि अर्पण गरे। प्रा.भट्टराईले जातीय एकीकरणका प्रतीकको रूपमा अनि भाषाको सहजताका सन्दर्भमा कवि भानुभक्त स्मरणीय रहेको बताए। खरसाङ महाविद्यालयको प्राचार्य डा. समीर बलले भाषाले संवैधानिक मान्यता प्राप्त गरेको यति साल बितिसक्दा पनि हामीले भाषालाई सही उपयोग गर्न सकेका छैनौँ भन्दै यसो हुनुमा हाम्रै कमी कमजोरीहरू रहेको दावी गर्दै यसबारे विस्तारसँग अवगत गराए। कार्यक्रममा लक्ष्मी देवानले भानुभक्त आचार्यका विषयमा विशेष जानकारी प्रस्तुत गर्दै कविता वाचन गरिन् भने पेम्बा शेर्पाले आदि कवि र घाँसीका महत्व बोकेको आफ्नो स्वरचित कविता पाठ गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *