खरसाङ महकुमा क्षेत्रका तीनजना कोरोना पोजिटिभ

खरसाङ : खरसाङ महकुमा क्षेत्रमा आज तीनजना कोरोना पोजिटिभ पाइएको छ। खरसाङको तीनधारेदेखि केही पर नयाँ कमानमा एकजना कोरोना पोजिटिभ पाइएको छ। उक्त व्यक्तिको दिल्लीबाट आएपछि गत 8 जूनको दिन खरसाङ महकुमा अस्पतालमा स्वाब टेस्ट गरिएको थियो। यस विषयमा सुकना खण्ड स्वस्थ्य अधिकारी डा. हसिबुल मल्लिकले जानकारी गराएका छन्। तिनले बताए अनुसार गत 8 जूनको दिन खरसाङ अस्पतालमा गरिएको स्वाबको रिपोर्ट अनुसार खरसाङ खण्डको एकजना र दुईजना खरसाङ नगरपालिका क्षेत्रको गरेर मोठ तीनजनाको रिपोर्ट पोजिटिभ आएको छ। खरसाङको एसबीडे सेनिटोरियम स्थित क्वारेनटाइन सेन्टरमा रहेको एकजना व्यक्तिको रिपोर्ट पोजिटिभ पाइएको छ भने अर्को एकजना व्यक्ति खरसाङको स्प्रिङ साइडमा कोरोना पोजेटिभ आएको व्यक्तिको सम्पर्कमा रहेको व्यक्ति पनि पोजिटिभ पाइएको र तिनलाई दार्जीलिङको क्वारेनटाइन सेन्टरमा राखिएको पनि बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *