खरसाङ महकुमा स्तरीय महिला फुटबल प्रतियोगिता शुरू

खरसाङ: खरसाङ फुटबल एसोसिएशनको आयोजनामा खरसाङ महकुमा स्तरीय गर्ल्स फुटबल टुर्नामेन्ट आजदेखि शुरू भयो। गर्ल्स फुटबल खेलाड़ीहरू र महिला सशक्तिकरणको लागि खरसाङ फुटबल एसोसिएशनको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा आजदेखि शुरू भएको महिला फुटबल टुर्नामेन्टको उद्घाटन खेल सिविटार बनाम टुंगमाझ भयो। उद्घाटन खेलमा अतिथिहरूको रूपमा विभिन्न क्षेत्रहरूमा योगदान पुर्‍याइरहेका महिलाहरूलाई निम्ताइएको थियो। यस अवसरमा अतिथिका रूपमा चाइल्ड लाइन खरसाङका ईशा लेप्चा, देवीमाया तामाङ, दिपशिका छेत्री, खरसाङ फुटबल एसोसिएशनका कानुनी सल्लाहकार सपना राई, शिक्षिका दिव्या लामा, म्याच कमिश्नर रिचा छेत्री आदि उपस्थित थिए। उद्घाटन खेलमा सिविटारले टुंगलाई 2-0 गोलको अन्तरले जितेर दोस्रो चरणमा प्रवेश गरेको छ।


उक्त खेलमा दुई गोल गर्ने सिविटारको अनिशा तामाङ प्लेयर अफ् द म्याज चयन भइन्। यसैगरी, दोस्रो खेल बुङकुलुङ बनाम बगैंचाटार बालासनमाझ सम्पन्न भयो जसमा बुङकुलुङले 3-2 गोलको अन्तरमा बगैँचाटारलाई पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेको छ। दोस्रो खेलमा बगैंचाटारका 10 नम्बर खेलाड़ी अन्सु राईलाई प्लेयर अफ् द म्याज चयन गरियो। यसरीनै, आज खेलाइएको अन्तिम खेलमा तीनधारे बनाम कटलेरी खरसाङमाझ सम्पन्न भयो। जसमा तीनधारेले एकतर्फी म्याचमा 8-0 गोलले सहजै जीत हासिल गर्यो। उक्त खेलमा 5 गोल गर्ने तीनधारे टिमका शबनम राईलाई प्लेयर अफ् द म्याज चयन गरियो। यस गर्ल्स फुटबल टुर्नामेन्टभरि प्रत्येक खेलमा नै प्लेयर अफ् द म्याज प्रदान गरिने र उक्त ट्रफी खरसाङ फुटबल एसोसिएशनका पीआरओ चिराग तिवारीले आफ्नो आमा स्व. मिना छेत्री तिवारीको स्मृतिमा प्रदान गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *