खरसाङ महकुमा ख्रीष्टीय मञ्चद्वारा चेयरम्यान अनित थापालाई सम्वर्द्धना

खरसाङ : खरसाङ महकुमा ख्रीष्टीय मञ्चको आयोजनामा प्रि क्रिसमस उत्सव कार्यक्रम खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीए चेयरम्यान अनित थापा उपस्थित थिए। राजीव सुब्बाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पास्टर भीम घतानीले राखेका थिए। खरसाङ महकुमा ख्रीष्टीय मञ्चको गठन र यसको उद्देश्य साथै आजको प्रि क्रिसमस उत्सव विषयमा पास्टर पावल योञ्जनले वक्तव्य राखे। कार्यक्रममा पास्टर सुरज शर्माले बाइबल पाठ गरेका थिए भने कार्यक्रममा बाइबलबाट क्रिसमसको सन्देश पास्टर अजय छेत्रीले दिएका थिए। कार्यक्रममा खरसाङ महकुमा ख्रीष्टीय मञ्चको पक्षबाट जीटीए चेयरम्यान अनित थापालाई यस अवसरमा खदार्पण गर्नको साथै फूलको गुच्छा, सम्बर्ध्दना पत्रसहित शल ओढाएर सम्बर्ध्दना जनाइयो।


 

कार्यक्रमका प्रमुख अतिथि जीटीए चेयरम्यान अनित थापाको बाहुलीबाट केक पनि काटेर वितरण गरियो। तिनले आफ्नो सम्भाषणमा आफुले वर्षेनी क्रिसमस विभिन्न क्षेत्रमा गएर विपन्न मानिसहरूसित मनाउने गरेको बताउँदै अब हामीले हाम्रो पहाड़ राम्रो बनाउन नानीहरूलाई ध्यान दिएर असल शिक्षा दिनुपर्ने र राम्रो बनाउनु पर्ने कुरामा जोड़ दिए। तिनले आफु हाम्रो जग्गालाई राम्रो बनाउन निस्केको मान्छे हुँ भन्दै आफु परिवर्तनको लागि निस्केको मान्छे हो भनी बताए। तिनले भने, तपाईहरू जसरी एकतामा आउनु भएको छएकतामा नै बल हुन्छ अनि यो एकता सदैव कायम रहोस्। तिनले धार्मिक रुपमा भएको एकतामा कुनै स्वार्थ लुकेको हुँदैन भन्दै आफुले पोजीशन र पावरमा रहिञ्जेलसम्म क्रिश्चियन माइनोरिटीलाई सदैव सहयोग गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *