खरसाङ महकुमा युवा मोर्चाको अनित थापासित भेट

खरसाङ : खरसाङ महकुमा गोर्खा जनमुक्ति युवाका अध्यक्ष पेमेन्द्र गुरूङको नेतृत्वमा आज युवाहरूले पार्टीका कार्यवाहक अध्यक्ष अनित थापालाई भेट गरे। अनित थापाको नेतृत्वलाई आफूहरूको स्वीकृति रहेको देखाउनको लागि नै आजको भेटघाट हो भनी पेमेन्द्र गुरूङले बताएका छन्। अर्कोतिर, युवा जमातको योगदानलाई प्रशंसा गर्दै कार्यवाहक अध्यक्ष अनित थापाले आफूहरू जिम्मेवारीदेखि कहिले नभागेको साथै 2007 देखि नै खरसाङलाई युवा जमातले नेतृत्व दिँदै आइरहेको अनि हालसम्म युवा जमातले नै नेतृत्व दिइरहेको बताए।


तिनले आउने युवा जमातको भविष्यको सोच राखेर आजको युवा जमातले काम गर्नुपर्ने आवहान गर्दै आफूहरूले भोगेको समस्या भविष्यको युवाहरूले भोग्न नपरोस् भनी बताए। पार्टीलाई दुःख परेको बेला युवाहरू कहिले पछि नहटेको साथै युवा पार्टीको मात्र नभएर पहाडको मेरूदण्ड हो। मेरूदण्ड ठीक भए शरीर नै ठीक हुने अनित थापाले बताए। तिनले अझ भने, राजनीति गर्नु भनेको पथको निम्ति होइन, अहोदाले मात्र हुँदैन समाजले त्यो अहोदालाई स्वीकार गरेको हुनुपर्छ। समाजले नेतृत्वको योगदान हेरिरहेको हुन्छ। अब पार्टीले कसैलाई झुटो आश्वासन नदिने, न त मानिसहरूलाई आशे बनाउँछ भनी बताए।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *