खरसाङमा हनुमान जयन्ती पालन

खरसाङ: हनुमान जयन्ती समारोह 2022 आयोजक समितिको आयोजनामा एक दिवसीय हनुमान जयन्ती समारोह यहाँको बरबुङ नजिक हनुमान डाँड़ामा सम्पन्न गरियो। आजको यस समारोहमा वार्ड नम्बर 6 अप्पर नयाँ बस्ती, बरबुङ बस्ती, चौकी डाँड़ा, गौरीशंखर लगायत वरिपरिका गाउँहरूलाई लिएर एउटा पूजा आयोजना समिति गठन गरिएको थियो। यस समितिले आज खुबै भव्यताको साथ हनुमान पुजा सफलता पूर्वक सम्पन्न गर्‍यो। आजको यस पुजा सम्पन्न गर्न विशेष सहयोग प्रदान गरेकोमा भागोप्रमो अध्यक्ष अनित थापा लगायत पुलिस प्रशासन, सम्पूर्ण मीडिया कर्मीहरू, बिमल साउण्ड, सफल डेकोरेटर अनि सेवादलहरूप्रति आयोजक समितिले कृतज्ञता व्यक्त गरेको को-अर्डिनेटर भक्तिमान तामाङले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *