खरसाङमा हिल तृणमूल पार्टी कार्यालयको उद्घाटन

खरसाङ : खरसाङको हिल कार्ट रोडस्थित दिल्ली-दरबार नजिक हिल तृणमूल कङ्ग्रेस खरसाङ टाउन कमिटीको आज पार्टी कार्यालय उद्घाटन गरियो। राज्यसभा सांसद शान्ता छेत्री अनि हिल तृणमूल कङ्ग्रेस दार्जीलिङ जिल्ला अध्यक्ष एलबी राईद्वारा रिबन काटेर पार्टी कार्यालयको विधिवत् रूपमा उद्घाटन गरियो। कार्यक्रममा खरसाङ टाउन कमिटी अध्यक्ष आरिफ खान, महासचिव लक्ष्मण शर्मा, मिङ्गमा आजी, एनबी खवास, विशाल तामाङ,केवल कार्कीको विशेष उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रम पछि हिल तृणमूल कङ्रेवकस दार्जीलिङ जिल्ला अध्यक्ष एलबी राईले आगामी विधान सभा चुनाउलाई केन्द्रित गरी उक्त पार्टी कार्यालय उद्घाटन गरिएको हो भन्दै चुनाउलाई लिएर हाई कमाण्डबाट निर्देश दिए बमोजिम आफ्नो पार्टीको तर्फबाट क्रियाकलाप गरिने विषयमा पनि तिनले विस्तृत रूपमा बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *