खरसाङमा एचएस परीक्षा दिनेहरूको संख्या 1,051 जना

खरसाङ (निसं): पहाड़मा आजदेखि शुरु भएको उच्च माध्यमिक परीक्षा अन्तर्गत खरसाङमा यसपाली जम्मा 1051 जना विद्यार्थीहरूले परीक्षा दिइरहेका छन्। तीमध्ये बालकहरू 477 जना र बालिकाहरू 574 जना सामेल छन्। यसपाली खरसाङमा पुष्परानी, आदर्श, सन्त अल्फसेस, सन्त जोसेफ, रामकृष्ण र स्कट मिशनमा उच्च माध्यमिक परीक्षाको सेन्टर रहेको छ। यस अन्तर्गत आज पहिलो दिन नेपाली, हिन्दी, बंगला र अङ्ग्रेजी भाषा विषयको परीक्षामा जम्मा 1,035 जना विद्यार्थी परीक्षा केन्द्रमा पुगेर परीक्षा दिएको जानकारी प्राप्त भएको छ। ती परीक्षार्थीहरूमा बालकहरू 461 जना (रेगुलर), सीसी 2 जना, एसपीसी 5 जना गरेर मोठ 468 जना सामेल छन् भने नियमित 4 जना अनि सीसी र एसपीसी 1-1 जना अनुपस्थित रहेको बताइएको छ। त्यसरी नै बालिकाहरू 550 (रेगुलर) र सीसी 17 जना छन्, जसमा रेगुलर अनि सीसी 1-1 जना अनुपस्थित रहेको खरसाङको स्कूल सह निरीक्षक रोशनी सार्कीले जानकारी दिएकी छन्। तिनले बताए अनुसार यसपाली खरसाङ क्षेत्रमा उच्च माध्यमिक परीक्षा दिने विद्यार्थीहरूको संख्या 1,051 जना छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *