खरसाङमा हुने गोल्डकप फुटबल प्रतियोगिताबारे सभा सम्पन्न

खरसाङ : खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको आयोजनामा प्रत्येक वर्ष खेलाइने गोल्डकप फुटबल प्रतियोगितालाई लिएर खरसाङको चाँदमारी खेल मैदानमा सम्पन्न भयो। सभामा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा आगामी 17 जनवरीदेखि शुरू गरिने भनिएको 9औं शहीद गोल्ड कप विषयमा विशेष रुपमा चर्चा गरियो। यस विषयमा हिज दार्जिलिङका जिल्लाधिकारी एस. पुनमबालमसित दार्जिलिङको लालकोठीमा भेट गरेर कुराकानी गरिएको साथै यस अवधि हाल कोरोनाको संक्रणमलाई ध्यानमा राखेर सरकारद्वारा जारी दिशा निर्देशनलाई पालन गर्दै शहीद गोल्ड कप आयोजना गरिनु जरूरी रहेको विषयमा चर्चा गरिएको बताएका छन्। सभा हुन अघि सदस्यहरूले फुटबल प्रतियोगिताको लागि खरसाङको चाँदमारी खेल मैदानको सर-सफाई गरे। सभापछि गोर्खा पार्वत्य खेलकूद संघका सचिव निर्मल गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै कोरोनाको संक्रमणलाई ध्यानमा राखेर नवौं शहीद गोल्डकप फुटबल खेलाउने विषयमा हिज डीएमसित भेटघाट गरेको साथै यस विषयमा कुरा गर्न आगामी 10 जनवरीको दिन फेरि बोलाएको बताए। यदि आगामी 17 जनवरीसम्म पनि कोरोनाको स्थिति यथावत रहे अथवा लक डाउन जारी रहे पूर्व निर्धारित फुटबल प्रतियोगिता केही महिनाको लागि स्थगित गरिने तिनले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *