खरसाङमा महकुमा स्तरीय ब्याटमिन्टन टुर्नामेन्ट हुने

खरसाङ (निसं) : खरसाङ गोर्खा पार्वत्य खेलकुद सङ्घ र खरसाङ ब्याटमिन्टन एसोसिएशनको संयुक्त आयोजनामा खरसाङमा महकुमा स्तरीय ब्याटमिन्टन टुर्नामेन्टको आयोजना गरिने भएको छ। उक्त ब्याटमिन्टन टुर्नामेन्ट आगामी 22 23 जुलाईको दिन खरसाङमा आयोजना गरिने भएको छ। उक्त ब्याटमिन्टन टुर्नामेन्ट विषयमा खरसाङमा संयुक्त पत्रकार सम्मेलन बोलाएर खरसाङ गोर्खा पार्वत्य खेलकुद सङ्घ र खरसाङ ब्याटमिन्टन एसोसिएशनको पक्षबाट जानकारी गराइएको छ। यस अवसरमा खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको सचिव निर्मल गुरुङले खरसाङमा खरसाङ गोर्खा पार्वत्य खेलकुद सङ्घ र खरसाङ ब्याटमिन्टन एसोसिएशनको संयुक्त आयोजनामा खरसाङमा ब्याटमिन्टन टुर्नामेन्टको आयोजना भइरहेको र उक्त टुर्नामेन्ट पाँचवटा क्याटोगरीमा आयोजना गरिने भएको छ। तिनले ब्याटमिन्टन टुर्नामेन्ट अण्डर 15 र अण्डर 19 गरेर केटा-केटीहरूलाई लिएर आयोजना गरिने अनि 40 वर्षमाथिका भेटरेन क्याटोगरी पनि आयोजना गरिने जानकारी गराएका छन्। पत्रकार सम्मेलनमा खरसाङ ब्याटमिन्टन एसोसिएशनको सचिव पियुषले दिएको जानकारी अनुसार ब्याटमिन्टन टुर्नामेन्ट आगामी 22 23 जुलाईको दिन खरसाङमा यो टुर्नामेन्ट धेरै वर्षपछि आयोजना हुने भएको छ। तिनले भने खरसाङ गोर्खा पार्वत्य खेलकुद संघसित संयुक्त रूपमा ब्याटमिन्टन टुर्नामेन्ट आयोजना गरिरहेका छौं। यो टुर्नामेन्ट खरसाङ महकुमा स्तरीय रूपमा आयोजना गरिएको र यसपाली 40 वर्ष माथिका भेटरेन क्याटोगरी भने जीटीए स्तरीय रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *