खरसाङमा मारूनी नृत्यको कार्यशाला

खरसाङ (निसं): सूचना एवं सांस्कृतिक विभाग पश्चिम बंगाल सरकारको आयोजनामा मारूनी नृत्यको कार्यशाला खरसाङमा शुरू भएको छ। उक्त कार्यशाला श्री सत्य साई सेवा समिति, साई भवन खरसाङमा महकुमा सूचना एवं सांस्कृतिक विभाग खरसाङको सहयोगितामा आयोजना भइरहेको छ।


पहिलो दिनको कार्यशालाममा दार्जिलिङ जिल्ला सूचना अन् सांस्कृतिक विभागीय अधिकारी खाङ डोमा भूटिया, शिशु किशोर एकाडेमीको सचिव इञ्चार्ज, सूचना अनि सांस्कृतिक विभाग पश्चिम बंगाल सरकार मन्द्राकान्ता माहलन्बीस अनि महकुमा सूचना अनि सांस्कृतिक विभाग खरसाङको अधिकारीले वक्तव्य राखेका थिए। स्मरण रहोस्, यो मारूनी नृत्यको कार्यशाला प्रशिक्षक अनुशा लामा अनि दुर्गा लामा रहेका छन्। यस कार्यशालाको आयोजनाबारे दार्जिलिङ जिल्ला सूचना अन् सांस्कृतिक विभागीय अधिकारी खाङ डोमा भूटियाले विस्तृत रूपमा जानकारी गराएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *