खरसाङमा मातृ-पितृ दिवस पालन

खरसाङ : अखिल भारतीय मध्य देशीय वैश्य महिला समिति दार्जिलिङ शाखाद्वारा आज खरसाङको गोर्खा जनपुस्तकालय भवनमा मातृ-पितृ दिवस पालन गरियो। उक्त समितिले विभिन्न सामाजिक कार्यहरू जस्तै नानीहरूलाई, आमा बाबालाई, गुरुजनलाई कसरी सम्मान र आदर गर्नुपर्छ, अनुशासन विषयमा शिक्षा दिने कार्यहरू गर्दै आइरहेको छ। यस संस्थाले कोरोनाको महामारीमा पनि धेरै सामाजिक कार्यहरू गरेको तथा विभिन्न सामाजिक कार्यहरू गरिरहेको जानकारी प्राप्त भएको छ। उक्त समितिको खरसाङ शाखा समिति गत 2019 मै गठन गरिएको जानकारी प्राप्त भएको छ। कार्यक्रमपछि अखिल भारतीय मध्य देशीय वैश्य महिला समितिका प्रतिनिधि अर्चना गुप्ताले पत्रकारहरूसित कुराकानी गर्दै हामीले पाश्चात्य संस्कृति र संस्कारलाई परित्याग गरी भारतीय संस्कार र संस्कृतिको विकास र उन्नतिमा सहयोग गर्नुपर्ने बताइन्। उक्त समितिको मुख्य उद्देश्य नानीहरूलाई कसरी संस्कार र अनुशासन सिकाउनु तथा गुरुजनको कसरी सम्मान गर्नु भन्ने विषयमा जानकारी गराउनु रहेको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *