खरसाङमा नानीहरूलाई लिएर बस अनि चित्र बनाऊ तथा नृत्य प्रतियोगिता

खरसाङ: खरसाङको वार्ड नम्बर 16 सुबेदार बस्तीमा रहेको ग्राम सुधार समितिको आयोजनामा सरस्वती पुजाको सुअवसरमा 15 वर्षदेखि मुनिका नानीहरूलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिता साथै नृत्य प्रतियोगिता आयोजना गरियो। उक्त दुवै प्रतियोगिताहरूमा गाउँका 15 वर्षमुनिका सबै साना नानीहरूले भाग लिएका थिए। यसमध्ये बस अनि चित्र बनाऊ प्रतियोगिता आज दिउँसो सम्पन्न भयो भने नृत्य प्रतियोगिता अहिले साँझ सम्पन्न भइरहेको छ। यस विषयमा आयोजक समितिको पक्षमा शिक्षिका जोसना लामाले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *