खरसाङमा निकालिइयो जगनाथ रथयात्रा

खरसाङ (निसं) : आज खरसाङमा पनि जगनाथ रथयात्रा निकालिइयो। खरसाङको नयाँ बजारस्थित पुरानो जगनाथको मन्दिर परिसरबाट निकालिएको उक्त रथयात्रा खरसाङको मोटर स्ट्याण्ड हुँदै हिल कार्ट रोड भएर अस्पताल मोडदेखि वर्ध्दमान रोड हुँदै मोटर स्ट्याण्ड पुगेपछि फर्केर पुन: जगनाथ मन्दिरमा पुगेर पूजा अर्चना सम्पन्न गरियो।


सर्वप्रथम जगनाथ मन्दिर परिसरमा पूजा अर्चना गरेर खरसाङको भजन कीर्तन समिति र जगनाथ मन्दिरको संयुक्त आयोजनामा सम्पन्न उक्त जगनाथ रथ यात्रा निकालिएको थियो। यस जगनाथ रथ यात्रामा खरसाङ क्षेत्रका धेरै संख्यामा भक्तजन उपस्थित थिए। जगनाथ रथ यात्रा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आयोजक समितिका रमेश प्रसाद र बिनय प्रसादले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *