खरसाङ मन्टिभियट चियाबारीमा गोरामुमोको चुनावी सभा

खरसाङ : भारतीय जनता पार्टीको सहयोगी पार्टी गोर्खा राष्ट्रीय मुक्ति मोर्चाको सभा खरसाङको मन्टिभियट चियाबारीमा गोरे दोङको सभापतित्वमा आज सम्पन्न भयो। सभामा 24 खरसाङ विधानसभा समष्टि भाजपा प्रार्थी बीपी बजगाइँको विशेष उपस्थिति रहेको थियो। त्यसवाहेक, सभामा गोरामुमो खरसाङ ब्राञ्च अध्यक्ष निमा लामा, युद्ध छेत्री, बिरेन्द्र छेत्री, कमला राई आदि उपस्थित थिए। सभामा वक्ताहरूले गोर्खा जातिको हित, सुरक्षा अनि विकासको निम्ति भाजपालाई भोट दिने अपिल गरे। अर्कोतिर, सभामा स्थानीय पाँच परिवारले गोरामुमोमा समर्थन जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *