खरसाङमा पत्रकारहरूलाई जनाइयो सम्मान

खरसाङ: खरसाङको एउटा लोकल च्यानलको आयोजनामा सम्पन्न एउटा कार्यक्रमबीच पत्रकारहरूलाई सम्मान जनाइयो। जीटीए चेयरम्यान अनित थापाको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक, सिलगढ़ी, मङपु क्षेत्रका पत्रकारहरूलाई सम्मान जनाइयो। च्यानलको पत्रकार किरण छेत्रीलाई वर्ष 2020-को बेस्ट फिल्ड रिपोर्टरको रूपमा अनि बेस्ट न्युज रिडरको रूपमा सबिना गिरीलाई अवार्ड प्रदान गरियो। दुवैलाई शल ओढ़ाएर स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। त्यसरी नै अन्य केही पत्रकारहरूलाई पनि सम्मान जनाउँदै मोमेन्टो प्रदान गरियो। आजको यस अवार्ड कार्यक्रममा जीटीए चेयरम्यान अनित थापाले पत्रकारहरूले खरसाङको कुना काप्चासम्म पुगेर खरसाङको यथार्थ घटनाहरू दर्शक अनि पाठकमाझ राखिरहेको बताए। तिनले अझ भने, हामी लिडरहरूले के गर्दैछन्, कहाँ भूल गर्दैछन् अनि के गर्नु पर्ने हो त्यो मार्ग दर्शन दिने पनि रिपोर्टरहरु नै हुन् भनी बताउँदै आगामी दिनमा पनि हामी तपाईँहरूबाट यहीँ अपेक्षा गर्दछौं कि हाम्रो पहाडलाई कसरी राम्रो पहाड बनाउने विषयमा खुलस्तसँग तपाईहरूले रिपोर्ट गरिदिनुहोस्। हाम्रो जगहको यथार्थ सबैले थाहा पाउन सकुन् भन्दै तिनले सबै पत्रकारहरूलाई क्रिसमस अनि नयाँ वर्षको अग्रिम शुभकामना व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *