खरसाङ (निसं): प्रजातान्त्रिक असंगठित श्रमिक संगठनको सांगठनिक सभा खरसाङमा संगठनका सभापति एल्जिन ब्राह्मणको अध्यक्षतामा संगठनको कार्यालयमा सम्पन्न भयो। सभामा विशेष सांगठनिक रूपमा मजबुत बनाउने विषयमा चर्चा गर्नुको साथै रिक्त रहेका पदहरूमा नयाँ सदस्यहरू चयन गरियो। यस क्रममा वर्तमानमा रहेका महकुमा सचिव आफ्नो निजी कामले व्यस्त रहेकोले संगठनलाई सुचारू रूपमा चलाउने उद्देश्यले रञ्जन तामाङलाई प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको कार्यकारी सचिव, निमा तामाङलाई पंखाबारी लङभ्यु अम्बटे समष्टि संयोजक साथै प्रभाकर सार्कीलाई टुङ्ग सन्त मेरिज समष्टिको संयोजक चयन गरियो। एल्जिन ब्राह्मणको बाहुलीबाट सबैलाई नियुक्त पत्र प्रदान गरियो। व्यक्तिगत होइन हामी भएर सबै श्रमिकहरूलाई एकमुष्टमा पारी संगठन साथै पार्टीको हितमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको साथमा रहने सभामा जनाइएको छ। वर्तमानमा हुन गइरहेको पार्टीले दिएका कार्यक्रम जागरण यात्रामा सहभागी रहेर आफ्नो क्षेत्रको समस्या सामाधन गर्ने दिशामा श्रमिकहरू पनि अघि बढनुपर्छ साथै विकासको कार्यक्रमहरूमा पनि सहभागी हुनुपर्छ जीटीएमा भइरहेको विकासको कार्यहरूमा क्षेत्रीय श्रमिकहरूलाई सहभागी बनाउनुपर्छ भन्ने दिशामा पनि जोड दिए। उक्त सभामा सांगठनिक सचिव नवीन शेर्पा, कार्यकारी सदस्य विकास सार्की, प्रवेश तामाङ साथै अन्य सदस्यहरू उपस्थित थिए।
खरसाङमा प्रजातान्त्रिक असंगठित श्रमिक संगठनको सांगठनिक सभा सम्पन्न

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
