खरसाङमा प्रजातान्त्रिक असंगठित श्रमिक संगठनको सांगठनिक सभा सम्पन्न

खरसाङ (निसं): प्रजातान्त्रिक असंगठित श्रमिक संगठनको सांगठनिक सभा खरसाङमा संगठनका सभापति एल्जिन ब्राह्मणको अध्यक्षतामा संगठनको कार्यालयमा सम्पन्न भयो। सभामा विशेष सांगठनिक रूपमा मजबुत बनाउने विषयमा चर्चा गर्नुको साथै रिक्त रहेका पदहरूमा नयाँ सदस्यहरू चयन गरियो। यस क्रममा वर्तमानमा रहेका महकुमा सचिव आफ्नो निजी कामले व्यस्त रहेकोले संगठनलाई सुचारू रूपमा चलाउने उद्देश्यले रञ्जन तामाङलाई प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको कार्यकारी सचिव, निमा तामाङलाई पंखाबारी लङभ्यु अम्बटे समष्टि संयोजक साथै प्रभाकर सार्कीलाई टुङ्ग सन्त मेरिज समष्टिको संयोजक चयन गरियो। एल्जिन ब्राह्मणको बाहुलीबाट सबैलाई नियुक्त पत्र प्रदान गरियो। व्यक्तिगत होइन हामी भएर सबै श्रमिकहरूलाई एकमुष्टमा पारी संगठन साथै पार्टीको हितमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको साथमा रहने सभामा जनाइएको छ। वर्तमानमा हुन गइरहेको पार्टीले दिएका कार्यक्रम जागरण यात्रामा  सहभागी रहेर आफ्नो क्षेत्रको समस्या सामाधन गर्ने दिशामा श्रमिकहरू पनि अघि बढनुपर्छ साथै विकासको कार्यक्रमहरूमा पनि सहभागी हुनुपर्छ जीटीएमा भइरहेको विकासको कार्यहरूमा क्षेत्रीय श्रमिकहरूलाई सहभागी बनाउनुपर्छ भन्ने दिशामा पनि जोड दिए। उक्त सभामा सांगठनिक सचिव नवीन शेर्पा, कार्यकारी सदस्य विकास सार्की, प्रवेश तामाङ साथै अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *