खरसाङमा प्रजातान्त्रिक असंगठित श्रमिक संगठनको सभा सम्पन्न

खरसाङ (निसं): प्रजातान्त्रिक असंगठित श्रमिक संगठनको सभा आज खरसाङको सुबेदार बस्ती समाज भवनमा एल्जिन ब्राह्मणको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभा विशेष गरेर बढ्दो दैनिक हाजिरा विषय लिएर राखिएको थियो।  केही दिन अघि मात्र लिखित रूपमा एउटा पत्र संगठनलाई आएका थियो साथै दिनहुँ साधारण मानिसहरूको गुनासो रहिआएको छ कि बढ्दो हाजिराले आम मानिसहरूलाई घर निर्माण गर्न धेरै असुविधा भइरहेको छ। यस विषयमा श्रमिक संगठनको माध्यमबाट आम नागरिकहरूलाई दैनिक हाजिरा कम गराएर केही राहत दिनुपर्छ भन्ने लिखित रूपमा पत्र आएको थियो। उक्त विषयलाई मध्य नजर राखेर आजको सभामा छलफल गरेवापत् अब उसो सिमेन्, काठ, टाइल्स, रड, मिस्त्रीको रेट 800, ढुङ्गा फुटाउने साथै रङ्ग पुटिन गर्ने मिस्त्री को 700 रहनेछन् साथै हेल्परको 600 देखि माथि माग्नु पाउने छैन। यदि यस रेट विषय विरुद्ध कसैलाई गुनासो छ भने संगठनका प्रतिनिधिहरूसँग सम्पर्क गर्ने सभामा जनाएको छ। खरसाङ क्षेत्रहरूमा दैनिक रूपमा काम गर्ने कामदारहरूले अब उसो संगठनसँग जोडेकै हुनुपर्छ भन्ने कुरा पनि सभामा राखियो। उक्त सभामा सेल्समेन सेक्टरका सदस्यहरू पनि उपस्थित थिए। खरसाङ बजार साथै वरिपरिका दोकानपाटमा काम गर्ने कर्मचारीहरू पनि संगठनसित जोडिनुपर्छ साथै तिनीहरूको समस्याको सामाधानपट्टि पनि संगठनले काम गर्ने निर्णय लिएको । सेल्समेन सेक्टरका संयोजकहरूको रूपमा प्रसाद शर्मा, निर्मल प्रधान, मनि गुरुङ, राकेस रोका, पुरण छेत्रीलाई नियुक्त पत्र प्रदान गरियो। आजको सभामा मूल सचिव शरण विश्वकर्म, उप सभापति उदय गुरुङ, हर्कबहादुर विश्वकर्म, भीम प्रधान, सह सचिव रञ्जन तामाङ, सांगठनिक सचिव नवीन शेर्पा, शनि तामाङ साथै कार्यकारी सदस्यहरूको उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *