खरसाङमा प्रजातान्त्रिक होटल एवम् पर्यटन संगठन गठन

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका भातृ संगठन प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमाको सभा भागोप्रमो महकुमा कार्यालयमा संगठनका अध्यक्ष बीरबल पाखरिङको सभापतित्वमा सम्पन्न भयो। उक्त सभामा संगठनका उप सभापति बिजय गुरुङ, सहसचिव रञ्जन तामाङ, मूल सचिव एल्जिन ब्राह्मणको विशेष उपस्थित थियो। संगठनका सदस्यहरुको उपस्थितिमैं आज प्रजातान्त्रिक होटल एवम् पर्यटन संगठन गठन गरियो भने आगामी दिनमा यस संगठनले होटल क्षेत्रमा कार्यरत कर्मचारीहरुले झेल्दै आईरहेको समस्याहरुमा कार्य गर्ने भएको छ। विभिन्न होटलहरुमा स्थानीय युवा-युवतीहरुलाई नै प्राथमिकता दिनुपर्ने लगायत अन्य विषयमा गत केही हप्ता अघि महकुमा अधिकारीलाई भेटेर लिखित रुपमा अवगत गराएको साथै महकुमा शासकले पनि ठोस कदम उठाउने आश्वासन दिएको बताइएको छ। स्थानीय कामदारहरुलाई 80 प्रतिशत अन्यलाई 20 प्रतिशत गरेर खरसाङ वरिपरिका प्रत्येक होटलहरुमा कामदार भर्ना गरिएको हुनुपर्छ भन्ने माग संगठनको रहेको छ। पर्यटन क्षेत्रमा पनि खरसाङ धेरै पछि रहिआएको छ र विस्तारै अब खरसाङलाई पनि पर्यटक क्षेत्रमा अघि लिएर जाने संगठनका सदस्यहरुको सोंच रहेको कुरा सभामा जानकारी गराए। प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिका पदाधिकारीहरुको उपस्थितिमा नै आज प्रजातान्त्रिक होटल एवम् पर्यटन संगठन  गठन गरियो, जसमा सभापति  समीर गुरुङमूल सचिव सोनल विस्वकर्म, सह सचिव  राहुल सुनवार, प्रवक्ता देवाङ लामा, कोषाध्यक्ष रञ्जन तामाङ लगायत 7 जना कार्यकारी सदस्यहरू चयन गरिएको छ। प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको मूल सचिव एल्जिन ब्राह्मणले यसबारे जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *