खरसाङमा रक्तदान शिविरको आयोजना

खरसाङ : कोरोना महामारीको समयमा खरसाङ महकुमा अस्पतालमा रगतको कमीलाई ध्यानमा राखेर गोजमुमो समर्थित संयुक्त माध्यमिक शिक्षक संगठनले आज रक्तदान शिविरको आयोजना गर्यो। खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा आयोजना गरेको उक्त रक्तदान शिविरमा लगभग 12 जनाले रक्तदान गरे। विनयपन्थी गोजमुमो खरसाङ महकुमा समितिका कार्यकारी सभापति समीरदीप ब्लोनले पत्रकारहरूसित कुराकानी गर्दै भने, केही दिन अघि खरसाङ महकुमा अस्पतालमा रगतको कमी रहेको जानकारी प्राप्त भएपछि यस विषयमा गम्भीरतापूर्वक लिँदै खरसाङ महकुमा अस्पतालमा रगतको कमीलाई पूरा गर्न रक्तदान शिविर आयोजना गरिएको हो। संयुक्त माध्यमिक शिक्षक कल्याण संगठनका सचिव निमा लेप्चाले रगतको कमीलाई ध्यानमा राखेर संगठनले चर्चा परिचर्चा गरेर खरसाङका मानिसहरूको हितमा तत्कालै अघि आएर रक्तदान शिविरको आयोजना गरेर रगतको कमीलाई पूरा गर्ने प्रयास गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *