खरसाङमा साहित्यकार असीत राईको जन्म जयन्ती पालन

खरसाङ: खरसाङमा भारतीय नेपाली साहित्यका साहित्यकार असीत राईको जन्म जयन्ती आज पालन गरियो। 24 नोभेम्बर सन् 1940-मा जन्मेका असीत राईको जन्म जयन्ती ब्लुमफिल्ड महकुमा पुस्तकालय खरसाङको आयोजनामा पुस्तकालय भवनमा सम्पन्न भयो। उक्त कार्यक्रम पुस्तकालयका सभापति जयप्रकाश लामाको अध्यक्षता र जीबी बलको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वरिष्ठ समाजसेवी तिलक शर्मा, गोर्खा जनपुस्तकालयका उप सभापति प्रकाश प्रधान र असीत राईकी पत्नी शान्ति राई उपस्थित थिए। कवि दिल थापाले सञ्चालन गरेको कार्यक्रममा स्रष्टा असीत राईको तस्वीरमा धुप दीप प्रज्ज्वलन गरेर खदार्पण अर्पण गर्दै मौन धारण गरेर श्रद्धाञ्जलि अर्पण गरियो।


कार्यक्रममा स्वागत सम्भाषण देवराज मुखियाले राखेका थिए भने ब्लुमफिल्ड महकुमा पुस्तकालयको लाइब्रेरियन विनय लामाले असीत राई पुस्तकालयको सदस्य रहेको विषयमा बताए। कार्यक्रममा असीत राईको संक्षिप्त जीवनी विषयमा स्रष्टा ऋषि राईले बताएका थिए। कार्यक्रममा रतना अनाकर, उदय दुबी, कुबीर प्रधान, दिपक ठटाल जलन, सुदर्शन प्रधान ,दिल थापा, उज्ज्वल सेवा, रचयिता छेत्री आदिले कविताहरू वाचन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि जीबी बलले असीत राईको जन्म जयन्ती पालन गरेर ब्लुमफिल्ड पुस्तकालयले राम्रो काम गरेको बताउँदै असीत राईलाई श्रद्धाञ्जलि अर्पण गरे। कार्यक्रममा धन्यवाद ज्ञापन रचना अनाकरले राखिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *