खरसाङमा सङ्गोष्ठी

खरसाङ : खरसाङमा लाली गुराँस समूहद्वारा विश्व मजदुर दिवसको अवसरमा एउटा सङ्गोष्ठीको आयोजना गरेको थियो। खरसाङ गोर्खा जन पुस्तकालयमा सम्पन्न समारोहमा छेवाङ योञ्जन, सुमेन्द्र तामाङ लगायत अन्य वक्ताहरूले श्रमिकहरूसँग सम्बन्धित विभिन्न विषयमाथि वार्ता प्रस्तुत गरे। तिनीहरूले मई दिवसको महत्व अनि औचित्य, चिया श्रमिकहरूको न्यूनतम ज्याला अनि पर्जापट्टाको सङ्घर्ष, नयाँ श्रम कोडको हमला र सम्पूर्ण श्रमजीवि जनताको सङ्कट तथा डीएचआर-को समस्या विषयमा विस्तृत रूपमा जानकारी गराए।  कार्यक्रममा स्थानीय कविहरूले रोचक कविताहरू प्रस्तुत गरे भने गीत अनि नृत्यहरू पनि प्रस्तुत गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *