खरसाङमा ‘संस्कृति विशेषांक’ पुस्तकको लोकार्पण

खरसाङ : गोर्खा सांस्कृतिक संस्थान खरसाङको प्रकाशनमा आशा मुखिया लामाको सम्पादनमा सामयिक संकलन संस्कृति विशेषांक-को खरसाङमा लोकार्पण गरियो। गोर्खा सांस्कृतिक संस्थान खरसाङकको चिन्तन भवनमा सम्पन्न लोकार्पण कार्यक्रममा सभाध्यक्षको रूपमा संस्थानकी अध्यक्षा आशा मुखिया लामा अनि प्रमुख अतिथिको रूपमा समाज सेवक टीटी लामा उपस्थित थिए। गोर्खा सांस्कृतिक संस्थान खरसाङद्वारा नेपाली संस्कृति संरक्षण र सम्वर्द्धन हेतु संस्कृति विशेषांकको रूपमा प्रकाशित पुस्तकको सभाध्यक्ष आशा मुखिया लामा, प्रमुख अतिथि टिटी लामा, विशिष्ट अतिथिहरू क्रमैले तिलक शर्मा, पूर्ण गुरुङ निरूपम, ग्याल्पो लामा, सञ्जय प्रधान, संस्थापक सदस्यहरू दावा गोले, पूरण थापा, उषाकिरण तामाङ आदिको बाहुलीबाट लोकार्पण गरियो। गोमा सुब्बाद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि समाज सेवक टीटी लामाले आफ्नो वक्तव्यमा गोर्खा सांस्कृतिक संस्थान खरसाङले हाम्रो संस्कृतिको संरक्षण गरिरहेको बताउँदै अब हाम्रो पहाड़ी भेकमा पाइने जड़ी बुटीलाई पनि संरक्षण गरिदिने आह्वान गरेका छन्। तिनले वर्तमान समयमा हामीले सेनिटाइजरको प्रयोग बजारमा किनेर गरिरहेका छौं। तर पहाड़मा पाइने तितेपाती मुख्य सेनिटाइजर रहेकोले यसको संरक्षण गर्न सकिए असल हुने बताए।


तिनले गोर्खा सांस्कृतिक संस्थान खरसाङको सराहनीय कार्यहरूप्रति शुभकमाना व्यक्त गरे। वर्तमान कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै कम संख्यमा सदस्य सदस्याहरू उपस्थित भएर लोकार्पण गरिएको कार्यक्रममा संस्कृति विशेषांक विषयमा र यसको कार्यहरू विषयमा संस्थानको अध्यक्षा आशा मुखिया लामाले विस्तृत रूपमा बताएका छन्। कार्यक्रममा संस्थानको संरक्षक पारस लामा, सचिव सहदेव चामलिङ, पूर्व सभासद प्रभा छेत्री लगायत अन्यहरू पनि उपस्थित थिए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै संस्थानकी अध्यक्षा आशा मुखिया लामाले गोर्खा सांस्कृतिक संस्थान खरसाङको स्थापना सन् 1994मा भएको र सन् 2019 मा रजत जयन्ती पालन गर्दै यो संस्कृति विशेषांक पनि लोकार्पण गर्ने योजना रहे तापनि केही कारणले सो हुन सकेन। 2020को अप्रेल पहिला वैशाखमा यसको लोकार्पण गर्ने लक्ष्य राखे तापनि विश्वव्यापी कोरोना भाइरसले गर्दा कार्यक्रम हुन नसकेको अनि अहिले आएर कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै सामाजिक दूरीको नियमलाई पालन गर्दै कम मानिसहरू मात्रै भेला भएर उक्त पुस्तकको विमोचन गरिएको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *