खरसाङमा सेफ ड्राइभ सेभ लाइफ विषयमा सचेतना ऱ्याली

खरसाङ (निसं) : खरसाङमा दार्जिलिङ पुलिस अनि खरसाङ ट्राफिक पुलिसको आयोजनामा सेफ ड्राइभ सेभ लाइभ अन्तर्गत सचेतना ऱ्याली निकालिइयो। ट्राफिक विषयमा जागरूक गराउँदै निकालिएको उक्त सचेतना ऱ्याली खरसाङको मोटर स्ट्याण्डबाट शुरु भएर हिलकार्ट रोड हुँदै वर्द्धमान रोड भएर पुन: मोटर स्ट्याण्डमा आएर समापन गरियो। ऱ्यालीमा विभिन्न स्कूलका विद्यार्थीहरू, चालकहरू, खरसाङ पुलिस थानाका आईसी निबेन्दु सरकार, ट्राफिक पुलिस ओसी दोर्जे शेर्पा लगायत अन्यहरू उपस्थित थिए।


यस अवसरमा विद्यार्थीहरूले मानिसहरूलाई ट्राफिक विषयमा जागरुकता गराउँदै सेफ ड्राइभ सेभ लाइफ विषयमा लेखिएको विभिन्न प्ला-कार्डहरू लिएर सहभागी बनेका थिए। उक्त ऱ्याली विषयमा खरसाङ ट्राफिक ओसी दोर्जे शेर्पाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै पश्चिम बंगाल राज्य सरकारले सन् 2016 देखि यस्तो सेफ ड्राईभ सेभ लाइभ विषयमा जागरूकता फैलाउँदै कार्यक्रम शुरु गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *