खरसाङमा शम्भु राईको ‘स्पर्श’ कविता कृतिको लोकार्पण

खरसाङ  : खरसाङको शिवकुमार राई प्रतिष्ठानद्वारा मासिक रूपमा आयोजित गरिने साहित्यिक कार्यक्रम साहित्य संगमको 77औँ प्रकरणको साथमा कवि शम्भु कुमार राईकृत पहिलो पुस्तक “स्पर्श”-को लोकार्पण गरियो। स्थानीय रेलवे मजदुर युनियन कार्यालय भवनमा वरिष्ठ साहित्यकार ग्याल्पो लामाको सभापतित्वमा सम्पन्न साहित्यिक कार्यक्रममा अरूगि साहित्य संस्थानका अध्यक्ष सुखबहादुर सुनवार प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कवि शम्भु राईको पहिलो कृति सभापति, प्रमुख अतिथि लगायत दिपक ठटाल, देविका मंग्राती, देवराज भण्डारी, शम्भु कुमार राईको बहुलीद्वारा पुस्तकको विमोचन विधिवत् रूपमा लोकार्पण गरियो। कृतिकार कवि शम्भु कुमार राईलाई उपस्थित सम्पूर्ण शुभचिन्तकहरूबाट बधाई तथा शुभकामना दिँदै खदार्पण गरियो। यस समारोहमा  देविका मंग्राती, दिपक ठटाल, श्रेया छेत्री, छुदेन शेर्पा, सरोजिनी देवान, शम्भु कुमार राई  आदिले कविताहरू प्रस्तुत गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *