खरसाङमा श्री श्री 108 शिव नारायण स्वामीको 305औँ जन्मजयन्ती पालन

खरसाङ  :  खरसाङमा आज हरिजन सन्त समाज अनि हरिजन सहयोग समितिको संयुक्त आयोजनमा श्री श्री 108 शिव नारायण स्वामीको 305औँ जन्मजयन्ती पालन गर्दै सहरमा एउटा उत्सव र्‍याली निकालिइयो। उक्त र्‍याली खरसाङको पार्क लोकेशनस्थित हरिजन भवनदेखि शुरू गरेर मन्टिभियट रोड हुँदै  मन्टिभियट खेल मैदान मुनिसम्म पुगेर पुन: हरिजन भवनमा पुगेर समापन गरियो।


आजको यस कार्यक्रमबारे अवगत गराउँदै टिकाराम रावतले यसपाली यो उत्सव राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहाड़ आगमनलाई लिएर खुबै साधारण ढङ्गमा पालन गरिएको बताए। तिनले आगामी वर्ष अझ भव्यताको साथ मनाइने जनाउँदै खरसाङमा यस उत्सव गत छत्तीस वर्षदेखि मनाउँदै आइरहेको बताए। स्वामीजीको जन्मदिवस बिहारमा अझ भव्यताको साथ गर्ने गरेको बताउँदै तिनले आजको कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *