खरसाङमा शीतकालीन ब्याडमिन्टन प्रशिक्षण शिविर गरिने

खरसाङ : खरसाङ ब्याडमिन्टन एसोसिएसनद्वारा शीतकालीन ब्याडमिन्टन प्रशिक्षण शिविर आयोजना गरिने भएको छ । प्रति वर्ष झैं आगामी 12 दिसम्बर 2021 देखि शुरू हुने उक्त प्रशिक्षण शिविरमा 7 वर्षदेखि माथिका बाल-बालिकाहरुले अंश ग्रहण गर्न सक्नेछन्। विगत धेरै वर्ष अघिदेखि खरसाङ क्षेत्रमा ब्याडमिन्टन खेललाई प्रोत्साहन दिन खरसाङ ब्याडमिन्टन एसोसिएसन प्रयासरत् रहेको छ साथै खरसाङ क्षेत्रका धेरै खेलाडीहरूलाई जिल्ला अनि राज्य स्तरसम्म पुर्याउन सक्षम बनेको छ। एसोसिएसनका वरिष्ठ सदस्यगण नर्बू शेर्पा अनि रमेश राईको निर्देशनमा युवा खेलाडी रिक्देन लामाले नानीहरूलाई प्रशिक्षण दिनेछन्। प्रशिक्षण शिविरमा भाग लिने इच्छुक नानीहरूका अभिभावकहरूले खरसाङ ब्याडमिन्टन एसोसिएसनका उक्त पदाधिकारीहरुसँग सम्पर्क गर्न सक्नेछन् भनी बी कमल राईले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibomjojobet girişHOLİGANBETjojobetCasibomCasibom Girişcasibomjojobet girişjojobetholiganbet girişCasibomizmir escortholiganbet girişcasibom girişCasibomjojobetcasibomcasibomcasibom giriş