खरसाङमा स्प्रीङ साइट चियाबारीमा कोरोना संक्रमणपछि सेनिटाइज

खरसाङ : खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 19मा पनि पुलिस विभागका कर्मचारी खोरीबारी ड्युटी क्रममा पोजेटिभ भेट्टाइएको खबर पाउन साथ गाउँ समाजको सभा बसी क्याम्प साइट ग्राम सुधार समिति पक्षबाट उक्त परिवारलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ। यसको साथै उक्त क्षेत्रमा आज नै सेनिटाइज गरिने कार्य सम्पन्न भयो। पाण्डु ग्राम पञ्चायत अन्तर्गत स्प्रीङ साइट चियाबारी पनि भक्तिमान तामाङको अगुवाईमा अग्निशमन विभागद्वारा सेनिटाइज गरियो भने दुई लोग्ने-स्वास्नीलाई त्रिवेणी कोभिड अस्पताल लगिएको खबर प्राप्त भएको छ। खरसाङ अस्पतालमा कार्यरत एवम् जनसेवाको निम्ति सदैव अघि रहने अस्पतालको स्वास्थ्य एवम् परिवार कल्याण विभाग प्रभारी पनि कोरोना पोजिटिभ भएपछि उपचारको लागि सिलगढी लगिएको छ। आज तिनको घर वार्ड नम्बर 5 क्षेत्रमा क्षेत्रीय नगर-पार्षदिका मोती मोक्तानको उपस्थिति एवम् नगर पार्षद-पाषदिकाहरूको सहयोगमा कर्मबन्धुहरूद्वारा सेनिटाइज गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *