खरसाङमा स्वास्थ्य सम्बन्धमा जनचेतना कार्यक्रम

खरसाङ (निसं): खरसाङमा जिल्ला स्वास्थ्य मिशन दार्जिलिङ र खरसाङ नगरपालिकाको संयुक्त आयोजनामा स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा मानिसहरूलाई स्वस्थ सम्बन्धित विभिन्न विषयमा जनचेतना गराइयो। खरसाङ नगरपालिका (अर्बन लोकल बडी) अनि न्याशनल अर्बन हेल्थ मिसनले संयुक्त रूपमा अर्बन प्राइमेरी हेल्थ सेन्टर एवं जनहितमा स्वस्थ्य विषय लिएर आशाकर्मी अनि हेल्थ वर्करहरूको दायित्व कस्तो रहन्छ भन्ने विषय लिएर खरसाङको एउटा होटलमा कार्यक्रम सम्पन्न गरियो।


यस अवसरमा एनयुएचएम जिल्ला प्रोग्राम म्यानेजर प्रतिभा राईले विस्तृत विवरण प्रस्तुत गर्नको साथै विविध विषयमा जानकारी गराइन्। उक्त कार्यक्रममा खरसाङ नगराध्यक्ष ब्रिगेन गुरूङ, खरसाङ महकुमा अस्पतालको स्वास्थ्य अधिकारी डा. रूबी मण्डल,रोगी कल्याण समितिका अध्यक्ष दिवस छेत्री, खरसाङ नगर- उपाध्यक्ष सुवास प्रधान, खरसाङ नगरपालिका एफओ तथा जिल्ला अस्पतालको डेपुटी सीएमओएच डा. देवाशिष चक्रवर्ती साथै आशाकर्मी अनि हेल्थ वर्करहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *