खरसाङमा ट्राफिक पुलिसको आयोजनामा सेफ ड्राइभ सेभ लाइफ कार्यक्रम

खरसाङ (निसं): खरसाङमा ट्राफिक पुलिसको आयोजनामा सेफ ड्राइभ सेभ लाइफ कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममको पहिलो चरणमा खरसाङ ट्राफिक पुलिस, खरसाङ पुलिस, विभिन्न विद्यालयका विद्यार्थी अनि शिक्षक-शिक्षिका, चालकवर्ग अनि जनसाधारणको सहभागितामा खरसाङ मोटर स्ट्याण्डबाट एउटा रेली निकालेर वर्द्धवान रोड हुँदै शहर परिक्रमा गरेपछि पुनः मोटर स्ट्याण्डमा पुगेर समापन गरियो। दोस्रो चरणको कार्यक्रम अन्तर्गत खरसाङ महकुमा अस्पताल, मारवाडी युवा मञ्च, लाइन्स क्लब तराईको सहयोगमा एउटा रक्तदान शिविरको पनि आयोजना गरियो।


 

यस शिविरमा एक सय युनिट रगत संकलन गर्ने लक्ष्य राखिएको भए तापनि रगत दान गर्न आएका धेरै मानिसहरूमा रक्तचाप अनि अन्य समस्या पाइएकोले गर्दा लगभग 80 युनिट रगत संग्रह गरिएको छ। यस सम्बन्धमा खरसाङ ट्राफिक ओसी दोर्जी शेर्पाले भने, खरसाङ अनि तराईको ब्लड ब्याङ्कहरूमा वर्तमानमा देखा परेको रगतको कमीलाई ध्यानमा राखेर 1 सय युनिट रगत संकलन गर्ने लक्ष्य राखेर कार्य गरिएको हो। शिविरमा ट्राफिक पुलिस, पुलिस, सिभिल भोलिन्टियर्स, चालक, मारवाडी युवा मञ्चका सदस्यहरू, विभिन्न संघ-संस्थाका सदस्य अनि जनसाधारणले रक्तदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *