खरसाङमा उच्च माध्यमिक परीक्षा पहिलो दिन शान्तिपूर्वक सम्पन्न

खरसाङ (निसं) : आजदेखि शुरू भएको उच्च माध्यमिक परीक्षा यता खरसाङमा पनि पहिलो दिन कड़ा सुरक्षाबीच शान्तिपूर्ण रूपमा सम्पन्न भयो। यसपाली खरसाङ क्षेत्रमा जम्मा 6 वटा परीक्षा केन्द्रहरू छ भने जसमा मुख्य परीक्षा केन्द्र सन्त अल्फन्सेस विद्यालय रहेको छ। त्यसवाहेक पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय, रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय, स्कट्मिशन उच्चत्तर माध्यमिक विद्यालय, सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालय र आदर्श उच्चत्तर माध्यमिक विद्यालय रहेको छ।

आजदेखि शुरु भएको उच्च माध्यमिक परीक्षा विषयमा सहायक स्कूल निरीक्षक एवम् उच्च माध्यमिक परीक्षा खरसाङको इञ्चार्ज रोशनी सार्कीले पत्रकारहरूसित कुराकानी गर्दै दिएको जानकारी अनुसार खरसाङ नगरपालिका क्षेत्र र खरसाङ खण्डको विभिन्न विद्यालयहरूबाट यसपाली उच्च माध्यमिक परीक्षा दिने मोठ 992 जनामध्ये छात्रहरू 472 जना, छात्राहरू 520 रहेका छन् भने आज पहिलो दिन परीक्षा दिनेहरूमा छात्रहरू 454 जना, छात्राहरू 514 जना उपस्थित रहेको थियो भने आज छात्रहरू 18 जना र छात्राहरू 6 जना अनुपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes