खरसाङमा अण्डर 14 फुटबल टुर्नामेन्ट र एथलेटिक मिट हुने

खरसाङ (निसं) : खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सभा सभापति मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा संघको आयोजनामा सम्पन्न हुने भनिएको अण्डर 14 लिग् कम नकआउट फुटबल टुर्नामेन्ट र एथलेटिक मिट विषयमा चर्चा परिचर्चा गरिएको छ भने दुवै खेलकुद कार्यक्रमको लागि समय तालिका पनि तयार पारिएको छ। सभामा चर्चा परिचर्चा गरिएको विभिन्न विषयहरूमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङले पत्रकारहरूलाई जानकारी गराउँदै अण्डर 14 लिग् कम नकआउट फुटबल टुर्नामेन्ट आगामी 23 सेप्टेम्बरदेखि शुरु हुने र यसको फाइनल खेल आगामी 2 अक्टोबरको दिन हुने भएको जानकारी गराएका छन्। उनले अघि भने, एथलेटिक मिट कार्यक्रम अनुसार हामीले 11 वटा खेलहरू समावेस गरेको र यसमा केटा र केटीहरूलाई लिएर क्याटोगरी अनुसार आयोजना गरिएको बताएका छन् । यसमा क्याटोगरी अनुसार नानीहरूको उमेर 6 देखि 9, 10 देखि 14 र 15 देखि उता ओपेन क्याटोगरीमा राखिएको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *